१५ असार २०८३, सोमबार

राष्ट्रियसभा निर्वाचन– प्रदेश ६ मा कांग्रेस शुन्य

राष्ट्रियसभा निर्वाचन– प्रदेश ६ मा कांग्रेस शुन्य

काठमाडौं, २५ माघ– राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ । कूल ५९ सदस्यमध्ये ५६ सदस्यका लागि बुधबार निर्वाचन भएको हो । 

निर्वाचनमा प्रदेश नम्मर ६ मा नेपाली कांग्रेस शुन्य भएको छ । कांग्रेसले निर्विरोध र एकल संक्रमणीय मतका आधारमा भएको निर्वाचनमा सबै प्रदेशमा आफ्ना सदस्य जिताउन सफल भए पनि प्रदेश नम्बर ६ मा भने कुनै सदस्य जिताउन सफल भएन ।


राष्ट्रियसभाका लागि प्रदेश नम्बर ६ मा कूल ८ सदस्यका लागि निर्वाचन भएकोमा एमाले ५ र माओवादी केन्द्र ३ सिट जितेका छन् । विजयी उम्मेद्वारमामहिला तर्फ एमालेबाट कविता बोगटी, नन्दा शर्मा र माओवादीबाट युटुल लामा रहेका छन् । 

यसैगरी एमाले तर्फ दलितमा नरपति लुवार, अपाङ्गता र अल्पसङ्ख्यक जीवनबहादुर बुढा माओवादी केन्द्रबाट रहेका छन् । अन्यमा कालीबहादुर मल्ल माओवादी केन्द्र, भैरवसुन्दर श्रेष्ठ एमाले र ठगेन्द्र प्रकाश पुरी एमालेबाट निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्