२२ जेठ २०८३, शुक्रबार

राष्ट्रियसभाको नतिजासँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको प्रक्रिया अघि बढ्यो

राष्ट्रियसभाको नतिजासँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको प्रक्रिया अघि बढ्यो

काठमाडौं, २५ माघ– राष्ट्रियसभाको नतिजा आएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको प्रक्रिया अघि बढाएको छ । 

आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्याका आधारमा समावेश गर्नुपर्ने महिला सिट समेत तय गरी आज दलहरुलाई पत्राचार गर्ने भएको छ । 

संघीय संसदमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन राष्ट्रिय सभाको नतिजा पर्खिएको आयोगले राष्ट्रिय सभाको परिणाम आएसँगै प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको प्रक्रिया अघि बढाएको हो । 

आयोगका प्रवक्ता नबराज ढकालले प्रतिनिधि सभाको प्रत्यक्षमा जितेका, राष्ट्रिय सभा सदस्यमा हिजो निर्वाचित भएका सहित ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गर्न आवश्यक पर्ने सिट संख्या समेत तोकेर दलहरुलाई पत्राचार गर्न लागिएको बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ६० चारको ब्यबस्था अनुसार तीन दिनको समयसीमा सहित दलहरुलाई बन्दसुचीबाट सदस्य छान्न पत्रचार गर्ने तयारी भएको प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

यसैबीच निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम औपचारिक रुपमा आज सार्वजनिक गर्दै त्यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउने भएको छ । निर्वाचनमा सातै प्रदेशबाट विजयी ५६ जना सदस्यको विवरणसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउने तयारी भएको आयोगका प्रवक्ता ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्