३० असार २०८३, मंगलबार

प्रदेश-६ , एमाले संसदीय दलको वैठक शुरू: दलको नेता छान्ने तयारी

माघ २५, २०७४
प्रदेश-६ , एमाले संसदीय दलको वैठक शुरू: दलको नेता छान्ने तयारी

सुर्खेत, २५ माघ-नेकपा एमाले प्रदेश नम्बर ६ को संसदीय दलको वैठक वीरेन्द्रनगरमा शुरु भएको छ ।

संसदमध्येका ज्येष्ठ सदस्य पदम रोकायाको अध्यक्षतामा जारी वैठकमा एमाले केन्द्रीय उपाध्यक्ष तथा प्रदेस संयोजक युवराज ज्ञवाली समेत सहभागि छन् । 

आजको बैठकले संसदीय दलको नेता छान्ने एक सांसदले बताए । प्रदेश सहसंयोजक यामलाल कंडेल र प्रकाश ज्वाला संसदीय दलको नेताको दावेदार हुन् ।

‘हामी आजैको वैठकबाट संसदीय दलको नेता चयन गछौं’ उनले लोकान्तरसँग भने । 

कडेललाई संसदीय दल र प्रकाश ज्वालालाई सरकारको नेतृत्व गर्ने गरी सहमतिको प्रयास शुरु भएको स्रोतले जानकारी दियो । 
 

salt training

कमेन्ट गर्नुहोस्