२२ जेठ २०८३, शुक्रबार

जितेन्द्रमाथि लाग्यो बहिनीमाथि शोषणको आरोप

जितेन्द्रमाथि लाग्यो बहिनीमाथि शोषणको आरोप

काठमाडौं, २४ माघ — पुराना बलिउड स्टार जितेन्द्र अर्थात् रवि कपूरमाथि ७५ वर्षको उमेरमा यौन शोषणको आरोप लागेको छ । आजभन्दा ४७ वर्षअघिको घटना अहिले ल्याइएको हो । 

आफूलाई जितेन्द्रकी मामाकी छोरी बताउने महिलाले हिमाचल प्रदेशका डीजीपीसमक्ष यौनशोषणको गुनासो गरेकी हुन् । यो विषयको भेरिफिकेसन भएपछि मात्र एफआईआर दर्ता हुनेछ । 

जितेन्द्रले यो आरोप आधारहीन र षड्यन्त्रपूर्ण भएको बताएका छन् । 

जानकारी अनुसार, सन् १९७१ मा भएको यो घटना हुँदा पीडित महिला १८ वर्षकी थिइन् भने जितेन्द्र २८ वर्षका थिए । 

महिलाले त्यतिखेर जितेन्द्र उनको घरमा आएको बताइन् । अचानक उनलाई कुनै फिल्मको शूटिङका लागि शिमला जानुपरेको थियो । महिला पनि उनीसँगै गएकी थिइन् । 

पछि शिमलाको एक होटलमा जितेन्द्रले रक्सीले चुर भएर आफ्नो यौन शोषण गरेको महिलाको आरोप छ । 

पहिला दुईजनाले होटलको एउटै कोठामा दुई फरक बेड लिएको अनि पछि चाहिँ जितेन्द्रले बेड जोड्न लगाएर आफूलाई बलात्कार गरेको महिलाको भनाइ छ । 

महिलालाई यति पछि आएर यो घटना किन उठाएको भनी सोध्दा उनले मातापिता जिउँदै रहँदा यो कुरा बताएको भए उनीहरूलाई ठूलो धक्का पुग्ने भएकाले नबताएको भनिन् । 

जितेन्द्रका वकिलले यी आरोपहरूलाई खारेज गरेका छन् । उनले हदम्याद ऐन १९६३ अनुसार कुनै पनि अपराधको जानकारी तीन वर्षभित्र दिनुपर्ने बताएका छन् । 

आफ्नो क्लाइन्टलाई बिनासित्तीमा बदनाम गर्नका लागि यस्तो आरोप लगाइएको उनले बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्