२३ जेठ २०८३, शनिबार

कार्टून च्यानलमा जंक फूडको विज्ञापन देखाउन नपाइने !

कार्टून च्यानलमा जंक फूडको विज्ञापन देखाउन नपाइने !

काठमाडौं, २४ माघ — बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर भारत सरकारले कार्टून च्यानलहरूमा जंक फूडको विज्ञापन देखाउन नपाउने निर्णय गरेको छ । 

सूचना तथा प्रसारण राज्यमन्त्री राज्यवर्धन सिंह राठौडले बालबालिकालाई विचार गरेर फूड एन्ड बेभरेज अलायन्स अफ इन्डियाले केही खानेकुरा र पेय पदार्थका विज्ञापनहरू स्वेच्छाले नबजाउने निर्णय गरेको बताए । 

नौवटा प्रसिद्ध फूड कम्पनीहरूले बच्चाबच्चीले हेर्ने कार्टून च्यानलमा यस्ता विज्ञापन नदिने वाचा गरेको बताइएको छ । सरकारले चाहिँ टीभीमा जंक फूडको विज्ञापन प्रतिबन्धित गर्ने कुनै प्रस्ताव नल्याएको प्रस्ट पारेको छ । 

राठौरले जंक फूडसँग जोडिएका भ्रामक विज्ञापनविरुद्ध जागरुकता फैलाइएको बताए । भ्रामक विज्ञापनको प्रसारणका सन्दर्भमा भारतीय खाद्य सुरक्षा प्राधिकरणले ११ सदस्यीय समिति गठन गरेको पनि उनले बताए । समितिको
प्रतिवेदन कार्यान्वयन गरिने उनको भनाइ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्