३१ जेठ २०८३, आइतबार

बार्सिलोना कोपा डेल रे फुटबलको फाइनल प्रवेश

बार्सिलोना कोपा डेल रे फुटबलको फाइनल प्रवेश

काठमाडौं, २६ माघ– बार्सिलोना स्पेनिस किङ्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोना फाइनल पुगेको हो । 

भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगको खेलमा २–० को जित निकाल्दै बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । गएरातिको खेलमा बार्सिलोनालाई विजयी गराउन फिलिप कौटिन्हो र ईभाँ राकिटिचले एक–एक गोल गरे ।

बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा पुगेको यो लगातार पाँचौ अवसर हो । बार्सिलोनाले उपाधिका लागि सेभियाको सामना गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्