२१ जेठ २०८३, बिहीबार

भनेपछि रणवीर सिंह र दीपिकाले गर्दैछन् समुद्र किनारमा बिहे ?

भनेपछि रणवीर सिंह र दीपिकाले गर्दैछन् समुद्र किनारमा बिहे ?

काठमाडौं, २६ माघ — रणवीर सिंह र दीपिका पादुकोणको छिट्टै बिहे हुने हल्ला चलेको छ । सन् २०१८ भित्रै उनीहरू विवाह बन्धनमा बाँधिने चर्चा छ । 

सूत्रहरूका अनुसार, यी दुवैले डेस्टिनेसन वेडिङ गर्ने सोच राखेका छन् । दुवैलाई समुद्र किनार एकदमै मन पर्ने भएकाले त्यहीँ बिहे गर्ने सम्भावना छ । 

अन्य सेलेब्रिटीजस्तै उनको बिहेमा परिवारका मानिस र नजिकका साथीहरू मात्र संलग्न हुनेछन् । उनीहरूलाई तामझाम गरेर बिहे गर्न मन छैन । 

बिहेपछि उनीहरूले साथीभाइ, बलिउड हस्ती र अन्य परिचितहरूका लागि भव्य प्रीतिभोज दिन सक्छन् । 

दीपिका र रणवीर प्रायः सँगै देखिन्छन् । पार्टी वा समारोहमा उनीहरू देखिन्छन् । उनीहरूको निकटता कसैबाट लुकेको छैन तर उनीहरूले रिलेसनका बारेमा खुलेर कुरा गर्ने गरेका छैनन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्