
काठमाडौं, २६ माघ– एमालेको प्रदेश नम्बर तीनको संसदीय दलको नेतामा डोरमणि पौडेल बिजयी भएका छन् । उनले अष्टलक्ष्मी शाक्यलाई पराजित गरे ।
ललितपुरमा समपन्न चुनावमा डोरमणिले ३४ मत पाएका थिए भने शाक्यले २४ मत ल्याइन् । चुनावमा ५८ मत खसेको थियो ।
डोरमणि ओली गुटका हुन् । उनी अब प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्ने निशिचत भएको छ ।