०८ असार २०८३, सोमबार

मृत्युसँग जुधिरहेका एचआइभी पीडित २३ बालबालिकाको दैनिकी (फोटोकथा)

कात्तिक २०, २०७४
मृत्युसँग जुधिरहेका एचआइभी पीडित २३ बालबालिकाको दैनिकी (फोटोकथा)
काठमाडौं,१६ मंसिर– कीर्तिपुरको भत्केपाटीस्थित जस्ताको टहरामा ‘बेबी लाइफ होम’ छ । यहाँ ४ देखि १५ वर्षसम्मका २३ जना एचआइभी संक्रमित बालबालिका एकैथलोमा पढ्दै, बस्दै आएका छन् । जन्मिँदै एचआइभीबाट संक्रमित भएका उनीहरूलाई बाहिर समाजमा बस्न मुश्किल छ । एचआइभी संक्रमित भएर जन्मिनु अबोध बालबालिकाको दोष थिएन । एड्स लागेर प्रायः बालबालिकाको आमाबाबुले ज्यान गुमाएका छन् । र उनीहरू टुहुरा भएका छन्
hiv-aids-8
संक्रमित बालक पानस ओलीले खिचेको उनका साथीहरुको तस्वीर ।

नजिकैका आफन्तले उनीहरूलाई कीर्तिपुर भत्केपाटीस्थित बेबी लाइफ होममा संरक्षणका लागि छोडिदिन्छन् । बेबी लाइफमा छोडिसकेपछि बच्चाहरू घर नफर्कियोस् भन्ने चाहन्छन् आफन्तहरू । त्यसैले बेबी लाइफमा छोडिसकेपछि आफन्तहरू पनि कहिले हेर्न र भेट्न समेत पुग्दैनन् । संक्रमित बालबालिकालाई उनका परिवारले छाडेपनि उनीहरुका भविष्य बनाउन राजकुमार पुन र उमा गुरुङ लागेका छन् ।
यहाँ आएका बालबालिकाको कहानी मर्मस्पर्शी छन् । बालक मस्तिष्कमा साथीभाइ र समाजले रोपेका तीखा बाण छन् ।

सबै बच्चाका आ–आफ्नै सपना छन् । कोही इन्जिनियर, कोही समाजसेवी, कोही नर्स, कोही डाक्टर बन्ने सपना बुनेका छन् उनीहरूले । गेट बाहिर निस्केर बाहिरी संसारसँग घुलमिल हुन चाहन्छन् संक्रमित बालबालिका । अरू सामान्य बालबालिका झंै रमाउन चाहन्छन् उनीहरू । सबैको माया पाएर धेरै वर्ष बाँच्न चाहन्छन् ।

hiv-aids-1
बिहान उठेर योगा गर्दै संक्रमित बालबालिका
hiv-aids-3
योगापछि दूधसँगै अण्डा खाँदै बालबालिका
hiv-aids-2
मुस्कानसहित आसिस लामा
hiv-aids-4
एचआइभी भाइरसलाई न्यूनीकरण गर्ने औषधी एआरभी खाँदै बालक ।
hiv-aids-5
बच्चाहरुलाई खुवाउनका लागि बटामा राखिएको एआरभी औषधी ।
hiv-aids-7
स्कूल जानुअघि कपाल कोर्दै स्वस्तिका भण्डारी र मनिषा विक
hiv-aids-9
स्कूल जाँदै डम्बर बिक ।
hiv-aids-6
पढ्दै बालकहरु ।
hiv-aids-11
बालबालिकाका किताब झोला ।

hiv-aids-10

खानाखाँदै बालबालिका ।

hiv-aids
रगतमा डब्लुबीसी घटेपछि टेकु अस्पतालमा भर्ना हुँदै संक्रमित बालिका पुष्पा भण्डारी । तस्वीरःराजकुमार पुन

salt training

कमेन्ट गर्नुहोस्