०८ साउन २०८३, शुक्रबार

फेरि चलेन नेपालको ब्याटिङ, ओमानसामु १३९ रनको झिनो चुनौती पेश

फेरि चलेन नेपालको ब्याटिङ, ओमानसामु १३९ रनको झिनो चुनौती पेश

काठमाडौं, २६ माघ- आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन २'अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानसामु १३९ रनको झिनो चुनौती पेश गरेको छ ।

नामिबियाको विण्ढोक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा १३८ रन जोड्दा अलआउट भयो ।

नेपालको पारीमा शरद भेसावकरले सर्वाधिक २२ रनको योगदान गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले २०, दिलिप नाथले १९, सोमपाल कामी र कप्तान पारस खड्काले समान १७ तथा रोहितकुमार पौडेलले १४ रन जोडे ।

अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध संघर्षपूर्ण जीत दर्ता गरेको थियो भने ओमान क्यानडासँग पराजित भएको थियो। ओमान डिभिजन थ्रीबाट बढुवा भएको टोली हो ।

ओमानसँग पछिल्लो २ भेटमा नेपाल निरास बनेको छ । त्यसअघि नेपाल ओमानसँग अपराजित थियो। सन २०१४ को मेमा २ विकेटले हारेको नेपालले र सन २०१५ को नोभेम्बरमा भएको भेटमा ३ विकेटले नतिजा सुम्पिएको थियो ।

६ टोली सहभागी यस प्रतियोगितामा शीर्ष २ मा पर्न नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले बलिया प्रतिद्वन्द्वी युएई र केन्यासँग खेल्न बाँकी नै छ । कुनैबेला विश्वकपसमेत खेलेको क्यानडाले पनि प्रतियोगितामा रवाफिलो शुरुवात गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्