१६ असार २०८३, मंगलबार

चुनाव सकिएको २ महिनापछि प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँट, कसले कति पाए ?

चुनाव सकिएको २ महिनापछि प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँट, कसले कति पाए ?

काठमाडौं, २६ माघ- प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको २ महिना भन्दा बढी समयपछि निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेको छ ।

आयोगले समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो । शुक्रबार जारी विज्ञप्तिमा जनाइएअनुसार नेकपा एमालेले ४१ सिट पाएको छ । यस्तै कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र राजपा तथा फोरमले ६/६ सिट पाएका छन् ।

आयोगले कुल सदस्य संख्याको ३३ प्रतिशत महिला हुने गरी विजयी उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई पत्राचार गरेको छ ।

आयोगका अनुसार एमालेले समानुपातिकतर्फ ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ जना महिला सिफारिस गर्नुपर्ने छ ।

समानुपातिकतर्फको पनि परिणाम सार्वजनिक भएपछि सबैभन्दा ठूलो दल एमालेको सिट संख्या १२१ पुगेको छ । यस्तै कांग्रेसका ६३, माओवादीका ५३, राजपाका १७ र फोरमका १६ सांसद पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्