२८ जेठ २०८३, बिहीबार

न्याय कसरी मिल्छ ? अध्ययन गर्न जरुरी छ : प्रधानन्यायाधीश पराजुली

न्याय कसरी मिल्छ ? अध्ययन गर्न जरुरी छ : प्रधानन्यायाधीश पराजुली

काठमाडौँ, २६ माघ–प्रधानन्यायाधीश गोपाल पराजुलीले विकृति/विसंगति अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्ने बताएका छन् । 

राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालले आज (शुक्रवार) आयोजना गरेको ‘पुनःस्थापकीय न्यायस्रोत केन्द्र’ को उद्घाटन गर्दै उनले पीडित र पीडकलाई उचित दण्ड र न्यायको अनुभूति हुने गरी न्यायमा पहुँच पुर्याउनुपर्ने बताउनुभयो । 

प्रधानन्यायाधीश पराजुलीले भने, ‘क्षतिपूर्ति दिन सक्ने आर्थिक अवस्था पीडकको छ कि छैन ? पीडितलाई न्यायको अनुभूति हुने खालको न्याय भएको छ कि छैन, कसरी न्याय मिल्छ भनेर अध्ययन गर्न जरुरी छ ।’ 

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले कैदीलाई सुधार गरी समाजमा गएर जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै पीडकलाई दण्ड दिएर मात्र नपुग्ने भएकाले समाजमा पुनःस्थापना जरुरी रहेको बताइन्। केन्द्रले पीडक र पीडितलाई समाजमा सहज रुपमा पुनःस्थापना गर्ने वातावरणको सिर्जना गराउन केन्द्रले तालीम दिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्