०१ असार २०८३, सोमबार

प्रदेश सांसदलाई किस्तामा घडेरी

माघ २७, २०७४
प्रदेश सांसदलाई किस्तामा घडेरी

काठमाडौँ, २७ माघ-  प्रदेश ३ का सांसदलाई स्थायी रूपमा घर निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै किस्तामा उपलब्ध गराइने भएको छ।

करिब सरकारी दरकै रकम लिएर घडेरी दिने निर्णय गरिएको मेयर हरिबहादुर महतले बताए।वडा–८ कमानेमा नगर विकासको स्वामित्वमा करिब ७ बिघा जमिन छ। ‘जिल्ला बाहिरकासांसदलाई कम्तीमा १० धुर जमिन उपलब्ध गराउने निर्णय गरेका छौं,’ मेयर महतले भने।५ वर्षको अवधिमा सांसदहरूले हेटौंडामै निवास बनाउन सकुन् भनेर सहुलियत दरमा घडेरीउपलब्ध गराउन लागेको नगर विकास समितिले जनाएको छ। अध्यक्ष राजीव सुवेदीकोअध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले ५ वर्षभित्र रकम भुक्तानीको समयसीमातोकेको छ, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्