१२ असार २०८३, शुक्रबार

एकाबिहानै आर्मी क्याम्पमा बिद्रोहीको आक्रमण, तीनजना घाइते

एकाबिहानै आर्मी क्याम्पमा बिद्रोहीको आक्रमण, तीनजना घाइते

काठमाडौं, २७ माघ– भारत प्रशासित जम्मुको सुंजवान आर्मी क्याम्पमा शनिबार बिहानै बिद्रोहीले आक्रमण गरेका छन् । बिहान सवा ५ बजे भएको आत्मघाती आक्रमणमा बालिकासहित तीन जना घाइते भएका छन्।

सैनिक जवानकी छोरी घाइते भएकी हुन् । जम्मू रेन्जका आइजी डा. एसडी जमवालले पुष्टि गरेका छन् ।

४/५ जनाको समूहमा आएका आक्रमणकारीले जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा आक्रमण गरेका हुन् । 
आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । सेनाको हेलिकप्टरले निगरानी गरिरहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्