०५ असार २०८३, शुक्रबार

१५ फोटोमा हेर्नुहोस्, पशुपतिमा यसरी गरिँदैछ शिवरात्रिको तयारी

माघ २७, २०७४
१५ फोटोमा हेर्नुहोस्, पशुपतिमा यसरी गरिँदैछ शिवरात्रिको तयारी

काठमाडौं, २७ माघ – नजिकिँदै गरेको हिन्दुहरुको चाड महाशिवरात्रिको लागि पशुपति क्षेत्र विकास  कोषल तयारी तिव्र पारेको छ ।  फागुन १ गते शिवरात्रि पर्व हिन्दूहरुले भगवान शिवको पूजा, आराधना र उपासना गरि मनाउँदै छन् । 

शिवरात्रीमा पशुपति लगायत शिव मन्दिरहरुमा भक्तजनको विशेष भीडा लाग्छ । नेपाल, भारतलगातका विभिन्न स्थानबाट भक्तजनहरु पशुपतिको दर्शनको लागि आउने गरेका छन् भने भारतबाट सयौंको संख्यामा बाबाहरु पशुपति भित्रने क्रम जारी छ । 

शिवरात्रीका लागि पशुपतिमा रंगरोगन र सरसफाइको काम तिब्र रुपमा भइरहेको छ । पशुपतिको उत्तर तर्फ रंगरोगनको काम गरिरहेको छ । 

यस्तै शिवरात्रीको लागि बाग्मती नदीको सरसफाई नेपाली सेना तथा स्वयंसवकहरुले गरिरहेका छन् । 

नेपाल टेलिकमले आफ्नो मोवाइल भ्यान त्यस क्षेत्रमा राखेको छ भने विभिन्न संस्थाले भक्तजन तथा बाबाहरुको लागि भोजन गृह तथा पानीको लागि व्यवस्था मिलाउँदै छन् । पशुपति वरपरका सवै क्षेत्रमा सोलार बत्ती पनि राखिरहेका छन् । हरेक बर्ष जस्तै यस बर्ष पनि लाइनको  व्यवस्थाको लागि पनि आवश्यक पूर्वाधारहरु कोषले निमार्ण गरिरहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्