२३ असार २०८३, मंगलबार

मन्दिरमा विवाद हुँदा जोगीको हत्या, फरार भएका अर्का जोगी पक्राउ

मन्दिरमा विवाद हुँदा जोगीको हत्या, फरार भएका अर्का जोगी पक्राउ
सांकेतिक तस्बिर

महेन्द्रनगर, २७ माघ– सन्यासी (जोगी) चन्द्र गिरीको हत्या गरी फरार भएका अर्का जोगी नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.–४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा सन्यासीका रुपमा बस्दै आएका नारायणले आफूसँग बस्दै आएका अर्का जोगी चन्द्र गिरीको हत्या गरेका थिए । उनीहरु दुईबीच सामान्य विषयमा विवाद भएको प्रहरीको भनाइ छ । 

चन्द्र गिरीको हत्या गरी फरार रहेका आरोपि नारायण चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार बिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिए । 

३२ वर्षीय नारायण चौधरीले ४५ वर्षका चन्द्र गिरीको टाउँमा चिर्पटले प्रहार गरेर हत्या गरेका थिए । त्यहाँ रहेका अन्य आधा दर्जन महात्मा (जोगी)हरु आरती गर्न व्यस्त रहेको बेला साँझ उनीहरु बीच एक–आपसमा झगडा भएको थियो । 

हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी वन हुँदै फरार भएका थिए । उनको खोजीका लागि ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । 

पक्राउ गरिएका नारायणलाई प्रहरीले हिरासतमा लिएर थप अनुसन्धान गर्ने जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्