२८ जेठ २०८३, बिहीबार

साथीलाई भेट्न हिडेकी युवती भुलेर भारत पुगेपछि...

साथीलाई भेट्न हिडेकी युवती भुलेर भारत पुगेपछि...

कञ्चनपुर, २७ माघ-  कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन । 

पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन् । 

परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो । फेला परेकी लक्ष्मीको उद्वार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्