०६ असार २०८३, शनिबार

इजरायली लडाकू विमान खसालियो

माघ २७, २०७४
इजरायली लडाकू विमान खसालियो

 सिरिया, २७ माघ - सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएकोे बताएको छ । 

मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । 

समाचार अनुसार सिरियाली वायुसेनाले इजरायली विमानमाथि आक्रमण गरेपछि विमान आकाशमा नै जलेको तर युद्दक विमानका दुई चालक भने प्यारासुटको सहारामा जमिनमा अवतरण गरेका बताइएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । 

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार इजरायली एफ–१६ युद्धकविमानलाई उक्त देशको उत्तरी भागमा सिरियाली वायुसेनाले गोली हानी खसालिदिएको बताएका छन् । 

इजरायलद्वारा सिरियाली वायुसेनाको होम्सस्थित टी–४ शिविरमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि सिरियाली सेनाले पनि आक्रमणलाई शसक्त बनाएको थियो । 

तर इजरायलले भने सिरियाबाट आक्रमण गरिएको मानवरहित युद्धक विमानलाई आकासमा नष्ट गरिएको र सिरियामा रहेका युद्धक विमानसम्बन्धि सामग्रीलाई लक्षित गरी त्यसपछिमात्र आफूले आक्रमण थालेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्