०७ असार २०८३, आइतबार

समानुपातिक सूची टुंग्याउँदै दल

माघ २८, २०७४
समानुपातिक सूची टुंग्याउँदै दल

काठमाडौं, २८ माघ– एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको ४१ सिटमा अन्तिम सूची आइतबार बुझाउने भएको छ । एमालेले समानुपातिकतर्फ ३७ जना महिला र चार जना पुरुष सिफारिस गर्नुपर्ने छ । 

बन्द सूचीमा परेका नामबाट अन्तिम नाम छनोट गर्न आइतबार स्थायी समितिको बैठक बोलाइएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । माओवादी केन्द्रले पनि बैठक बसेर अन्तिम नाममा टुंगो लगाउने भएको छ ।  

१७ सिट पाएको मओवादीबाट १ जना पुरुष र १६ जना महिलाको नाम सिफारिस गर्नुपर्ने छ ।  कांग्रेसले पाएको ४० सिटमा आधा महिला र आधा पुरुष समावेश गर्नुपर्ने छ । राजपा नेपालले कम्तीमा ६ जना र संघीय समाजवादी फोरमले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व गराउनु पर्ने छ, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

कमेन्ट गर्नुहोस्