२४ जेठ २०८३, आइतबार

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

काठमाडौं, २८ माघ-महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आज बिहान पक्राउ गरेको छ ।

प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको जानकारी दिए ।

अभियुक्त साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्