
काठमाडौं, २८ माघ — खानासँग पापड पनि हुँदा स्वादै बेग्लै हुन्छ । तर पापड पोल्दा कहिलेकाहीँ डढिदिन्छ र स्वाद हराउँछ । यही समस्यालाई समाधान गर्नका लागि यहाँ हामी सही तरिकाले पापड पोल्न सिकाउँदैछौं ।
पापड सधैं मधुरो आगोमा पोल्नुस् ।
पापड अलिकति पनि नडढोस् भन्ने चाहनुहुन्छ भने चिम्टाले समातेर मधुरो आगोमा ओर्काइफर्काइ गर्नुस् । यसो गर्दा पापड डढ्दैन ।
तपाईंलाई पोलेको पापड मन पर्दैन भने एउटा प्यानमा एक चम्चा तेल हालेर तताउनुस् अनि पापड तार्नुस् । यसरी तारेको पापड मीठो हुन्छ ।
पापडमा हल्का पानी हालेर पोल्नुभयो भने पापड रोल बन्छ । त्यो झन् स्वादिलो हुन्छ ।
एजेन्सी