काठमाडौं, २८ माघ — कमेडियन कपिल शर्माको नयाँ शो छिट्टै सोनी टीभीमा आउँदैछ । शोको प्रोेमो भिडियो हालै सार्वजनिक गरिएको छ ।
प्रोमो हेर्दा रमाइलो देखिन्छ । प्रोमोमा कपिल एक अटोरिक्सा चालकलाई सोनी टीभीको अफिस लग्न भन्छन् । तर अटोचालकले कपिललाई धिक्कार्दै पहिलेको पैसा देऊ भन्छ ।
कपिलले उत्तर दिए, ‘तेरो १२० रुपैयाँ दिन्छु, हिँड् न ।’
अटोचालक भन्छ, ‘कामधन्धा केही छैन, कताबाट पैसा दिन्छौ ?’
त्यतिखेरै कपिलको मोबाइल बज्छ र उनी अटोचालकलाई ‘बाबाजी का ठूल्लू’ देखाउँदै बस चढेर जान्छन् । उनी चढेको बसका पछाडि कमिङ सून लेखिएको हुन्छ ।
प्रोमोसँगै कपिलले प्रशंसकहरूसँग सम्पर्क बढाउन ट्विटरमा उपस्थिति बढाउन थालेका छन् ।
सोनी टीभीले पनि आफ्नो ट्विटर अकाउन्टमा कपिलको शोको जानकारी दिएको छ ।
एजेन्सी