
काठमाडौं, २८ माघ- प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
त्यसअघि पौडेलले माओवादी केन्द्रसमेतको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । प्रदेश ३ मा एमालेसँग एकल बहुमत छ ।
माओवादी केन्द्रको समेत साथ पाएकाले पौडेललाई सुविधाजनक बहुमत पुगेको छ ।
पौडेलको शपथ सोमबार बिहान ९ बजेका लागि तय गरिएको छ ।