३१ जेठ २०८३, आइतबार

किन फेरिए काठमाडौंका प्रहरी प्रमुख ?

किन फेरिए काठमाडौंका प्रहरी प्रमुख ?

काठमाडौं, २८ माघ–  गृहमन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गरेको छ । 
प्रहरी प्रधान कार्यालयको सिफारिशमा हाल रहेका प्रमुख एससपी  रवीन्द्र धानुकलाई हटाएर  विश्वराज पोखरेललाई ल्याइएको हो । 
   महानगरीय प्रहरी कार्यालयमा कार्यरत पोखरेललाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो । 
कमजोर कार्यसम्पादन गरेको तथा सांसद नवराज सिलवाललाई कीर्ते मुद्दामा पक्राउ गर्न निर्देशन दिइएपनि  नसकेको भन्दै उनलाई सरुवा गरिएको प्रहरी स्रोतको भनाई छ । यसो त राजधानीमा आपराधिक घटना नियन्त्रण गर्न नसकेको आरोप पनि उनीमाथि लागेको थियो । 
सरुवा हुने संकेत पाएपछि धानुक  आइतबारदेखि १० दिन बिदामा बसेको प्रहरी स्रोतले जानकारी दियो । हाल धानुकलाई संघीय प्रहरी कार्यालय बाग्लुङमा सरुवा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्