२५ असार २०८३, बिहीबार

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त, आज शपथ

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त, आज शपथ

काठमाडौं, २९ माघ-  प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

त्यसअघि पौडेलले माओवादी केन्द्रसमेतको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । प्रदेश ३ मा एमालेसँग एकल बहुमत छ ।

माओवादी केन्द्रको समेत साथ पाएकाले पौडेललाई सुविधाजनक बहुमत पुगेको छ । पौडेलको शपथ सोमबार बिहान ९ बजेका लागि तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्