३१ जेठ २०८३, आइतबार

अब अागोले जलेका बिरामीका लागि  छुट्टै आईसीयू

माघ २९, २०७४
अब अागोले जलेका बिरामीका लागि  छुट्टै आईसीयू

काठमाडौं, २९ माघ-  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अग्नि जलनका बिरामीका लागि पहिलोपटक आइसीयू शय्या सञ्चालनमा ल्याउने तयारी भएको छ। दुई दशकदेखि अग्नि जलनका बिरामीका लागि पाँचवटा शय्या मार्फत उपचार सेवा दिँदै आएको र आउँदो सातादेखि एउटा शय्यामा आईसीयू सेवा सञ्चालन गर्ने तयारी गरिएको छ, गोरखापत्रमा खबर छ । 

 शिक्षण अस्पतालका प्लास्टिक सर्जन तथा वर्न विभागका प्रमुख डा. ईश्वर लोहनीले वर्न विभाग र अग्निहिंसा पीडित नेपालको संयुक्त पहलमा पहिलोपटक अग्नि जलनका बिरामीका लागि एउटै भए पनि आईसीयू शय्या सञ्चालनमा ल्याउन लागेको जानकारी दिए। उनले अग्नि जलनका बिरामीका लागि अस्पतालमा आईसीयू शय्या सञ्चालनका लागि आवश्यक मेसिन जडान गर्ने कार्य भइरहेको र आगामी साताभित्र सञ्चालनमा आउने पनि जानकारी दिए। 
 

salt training

कमेन्ट गर्नुहोस्