०६ असार २०८३, शनिबार

नागाबाबाको लिङ्गविरुद्ध सर्वोच्चमा रिट

नागाबाबाको लिङ्गविरुद्ध सर्वोच्चमा रिट
सन्दर्भ तस्वीर

काठमाडौं, २९ माघ– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार लाग्ने मेलाको तयारी पूरा भएको हो । 

एकदेखि डेढ घण्टामा पशुपतिनाथको दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । 

यसैबीच, शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन् । 

न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् । न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाबाले समाजमा भ्रम र अन्धविश्वास फैलाइरहेको रिटमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्