२२ जेठ २०८३, शुक्रबार

यहाँ शरीरमा आगो लगाएर गरिन्छ मोटोपनको उपचार

यहाँ शरीरमा आगो लगाएर गरिन्छ मोटोपनको उपचार

काठमाडौं, २९ माघ — आजकलको व्यस्त जीवनशैलीका कारण तौल बढ्नु आम समस्या भइसकेको छ । मोटोपनको शिकार भएका मानिस धेरै भेटिन्छन् । आफूलाई फिट राख्नका लागि मानिसहरू अनेकौं उपाय अपनाइरहेका हुन्छन् । 

मोटोपन घटनाउनका लागि उचित आहार लिने अनि व्यायाम गर्ने त सामान्य कुरा हो । तर यहाँ हामी एउटा अचम्मको तरिकाले तौल घटाउने उपाय सुझाउँदैछौं । चीनमा गरिने यो उपचार असामान्य छ । 

चीनमा बस्ने ११ वर्षीय ली ह्याङ प्रेडर विली सिन्ड्रोम नामक रोगबाट ग्रस्त छन् । यसले गर्दा उनको तौल लगभग १४७ किलो छ । यस रोगका कारण मानिसले जति खान्छ त्यति नै उसको तौल बढ्दै जान्छ । उनको तौल घटाउनका लागि उपाय लगाउने क्रममा अग्निचिकित्सा गरिएको हो । 

चिकित्सकहरूले लीको तौल घटाउनका लागि हुओ लियो नामक उपचार गरिरहेका छन् । यस उपचारमा शरीरमा आगो लगाएर बोसो डढाउँछन् । पहिला मानिसको शरीरमा भिजेको रुमाल राखिन्छ र त्यसमा आगो लगाइन्छ । यसले शरीरको बोसो डढाउँछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्