२२ जेठ २०८३, शुक्रबार

एउटा कमा छुटाउँदा तिनुप–यो ५० करोड रुपैयाँ

एउटा कमा छुटाउँदा तिनुप–यो ५० करोड रुपैयाँ

काठमाडौं, २९ माघ — अमेरिकामा एक कम्पनीले कमा अर्थात् अल्पविराम नलगाउँदा त्यसको भारी मूल्य चुकाउनुपरेको छ । अमेरिकाको मायनमा रहेको एक दुग्ध कम्पनीलाई जम्मा एउटा अल्पविराम नलगाएकोमा ५० करोड डलर तिर्नुपर्ने स्थिति आयो । 

ओकहर्स्ट डेयरी कम्पनीका गाडीचालकहरूले सन् २०१४ मा एउटा कम्पनीविरुद्ध एउटा मुद्दा दायर गरेका थिए । उनीहरूले त एक अर्ब रुपैयाँको माग गरेका थिए । तर अदालतले दुवै पक्षलाई ५० करोड रुपैयाँ तिर्ने सम्झौता गरायो । 

खासमा कम्पनी र ड्राइभरबीच ओभरटाइमको नियमका विषयमा झगडा परेको थियो । 

कम्पनीको नियममा लेखिएको थियो, ‘क्यानिङ, प्रोसेसिङ, प्रिजर्भिङ, फ्रीजिङ, ड्रईङ, मार्केटिङ, स्टोरिङ, प्याकिङ फर शिपमेन्ट अर डिस्ट्रिब्युसन अफ फूड्स ।’ प्याकिङ फर शिपमेन्ट अर डिस्ट्रिब्युसनमा अक्सफोर्ड कमा नलगाइएको विषयमा असहमति थियो । ड्राइभरहरूका अनुसार, त्यसमा प्याकिङ र शिपिङको कुरा गरिएको छ अनि आफूहरूले त्यस्तो किसिमको कुनै काम नगर्ने उनीहरूले बताए । 

वास्तवमा कुनै वाक्यमा तीन वा त्यसभन्दा धेरै चीज भएमा त्यसलाई कमाको माध्यमले छुट्ट्याउनुपर्ने भएमा अन्तिम चीजभन्दा अघि आउने कमालाई अक्सफोर्ड कमा भनिन्छ । अक्सफोर्ड कमाविना प्याकिङ फर शिपमेन्ट अर
डिस्ट्रिब्युसन यस वाक्यमा प्याकिङ र शिपमेन्ट दुई काम नभई एउटै काम मानिन्छ । ओरले वा अर्थात् विकल्पको अर्थ दिन्छ । 

ड्राइभरहरूका अनुसार, यसले दुईटाको साटो एउटै काम मानिन्छ । आफूहरूले प्याकिङ नगर्ने भएकाले ओभरटाइम दिनुपर्ने हुन्छ । 

कम्पनीले ओभरटाइम दिन नमानेपछि उनीहरूले मुद्दा हालेका थिए । अदालतले उनीहरूकै पक्षमा निर्णय दियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्