काठमाडौं, २९ माघ– मंगलबार हिन्दू धर्मावलम्बीहरुले शिवरात्रि पर्व मनाउँदैछन् ।
शिवरात्रि मनाउनका लागि शिवमन्दिररुमा नेपाल, भारतलगायतका विभिन्न क्षेत्रमा बाबाहरुको बाकलो उपस्थिति भएको छ ।
पशुपतिनाथ र डोलेश्वरमा बाबाहरुले धुनी जगाउन शुरु गरेका छन् भने ‘गाँजा’ तान्दै गरेका बाबाहरु ती क्षेत्रहरुमा देखिएको छ । उनीहरूलार्इ गाजा भर्न भ्याइनभ्याइ परेको छ । पशुपतिमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।