०५ असार २०८३, शुक्रबार

सिटिजन्सद्वारा बेबीलाईफ होमलाई आर्थिक सहयोग प्रदान

सिटिजन्सद्वारा बेबीलाईफ होमलाई आर्थिक सहयोग प्रदान

काठमाडौं, २९ माघ- “योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवापुर्याउँदै   आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमितअबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदानगर्दै आएको बेबीलाईफ होमलाई रू एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।  


एक भब्यकार्यक्रमबीच बैंककाप्रमुखकार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीको समुपस्थितिमा रू एक लाख पचास हजारको चेक संस्थाकासंचालकश्री राजकुमार पुनलाई हस्तान्तरण गरिएको छ । बेबीलाईफ होममा रहेका २३ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्र्नेे क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा अभिव्यक्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्