०१ असार २०८३, सोमबार

लाखौं सकियो रोग पत्ता लागेन

फागुन १, २०७४
लाखौं सकियो रोग पत्ता लागेन

चितवन, १ फागुन - कालिका नगरपालिका ७ स्थित सगुनटोलका १८ वर्षीय लक्ष्मण पौडेल नाकमा देखिएको रोग पत्ता नलाग्दा निराश छन् । उपचार सुरु भएको १४ महिनासम्म पनि रोग पत्ता लाग्न नसक्दा सिंगो परिवार तनावमा छ । ०७३ मंसिर ४ गते सामान्य दुखाइबाट सुरु भएको उनको पीडा नियमित उपचारमा संलग्न रहे पनि घट्नुको सट्टा बढ्दै गएको छ । 

सामान्य रोग सम्झेर उपचार थालिए पनि १४ महिनाको अवधिमा १२ लाख ऋण लागेको छ । उनी भन्छन्, सुरुमा सामान्य औषधि सेवन गरें तर ठीक भएन । भरतपुर सरकारी अस्पतालमा जाँच गर्दा स्मल राउन्ड ट्युमर भनेर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रेफर गर्‍यो । अस्पतालले ‘ग्लान टीबी’ को शंका गर्‍यो । त्यही आधारमा २ महिनाको औषधि दिए । रोग ठीक होला भनेको झन् बढ्न थाल्यो । नाक सुन्निएर सास फेर्न नसक्ने भएँ ।
काठमाडौंको कलंकीस्थितसहिद मेमोरियल अस्पताल र शिक्षण अस्पतालको उपचारपछि ०७३ चैत ९ गते अस्पताल भर्ना गरी शल्यक्रिया गरेको बुवाकेदारले बताए ।
निको हुनुको सट्टा गत असोज १ गते टाँका लगाएको भागको मासु झर्‍यो । पुन: काठमाडौंमा शल्यक्रिया भयो । स्थानीय पृथ्वी माविको कक्षा ११ मा अध्ययनरत लक्ष्मण नियमित रूपमा कक्षा जान सकेनन् । ‘ठूला र सामान्य गरी ५ पटकसम्म नाकमा शल्यक्रिया गरियो,’ उनले भने, ‘न रोग पत्ता लाग्छ न घाउ निको हुन्छ ।’ कक्षा ११ को परीक्षापछि विद्यालय नगएका उनी उच्चशिक्षा हासिल गर्ने धोको पूरा गर्न नपाइने हो कि भन्ने चिन्तामा छन् ।
पौडेलका परिवारले गएको मंसिर २५ गते भारतको दिल्लीस्थित एम्स अस्पताल जँचाउन लगे । त्यहाँ सबै रिपोर्ट हेरेपछि चिकित्सकले माइक्रोसिस फंगल (घाउमा ढुसी पलाएको) भनियो ।
त्यहीअनुसारको औषधि चलाइएको छ । एकचोटि जाँदा झन्डै २ लाखको हाराहारीमा खर्च हुने पौडेलले सुनाए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्