३१ जेठ २०८३, आइतबार

आजदेखि रसुवागढी नाकाबाट व्यापारीक कारोबार बन्द

आजदेखि रसुवागढी नाकाबाट व्यापारीक कारोबार बन्द

रसुवा, १ फागुन– रसुवागढी नाकाबाट व्यापारीक कारोबार एक महिनाको लागि बन्द हुने भएको छ । मंगलबारदेखि एक महिनाको लागि बन्द हुन लागेको हो । 

फागुन ४ गते पर्ने ग्याल्पो ल्होसार (अर्थात चिनियाँ नयाँ वर्ष) का कारण केरुङ भन्सार  एजेन्टले कन्टेनरमा शिल नगर्ने भएपछि एक महिनाको लागि रसुवागढी नाकाबाट व्यापारीक कारोबार नहुने भएको हो । 

फेब्रुअरी १२ तारिक देखि मार्च ६ सम्म केरुङमा रहेको प्राइभेट ट्रन्सपोट बन्द हुने भएपछि व्यापारीक कारोबार कम हुने रसुवागढी भन्सार कार्यालयले जनाएको छ । रेडिमेट बाहेकका सामानहरु भने आउने छन् । 

सोमबार शिल लगाइएका कन्टेनर मंगलबार नेपाल भित्रि सक्ने छन् । प्राइभेट ट्रन्सपोट बन्द भएपछि केरुङमा रहेको व्यावसायीहरु नेपाल फर्किसकेका छन् ।  भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका संचालन हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्