
काठमाडौं, १ फागुन — विभिन्न स्वादका चिया पिउन मन पराउने व्यक्तिहरूका लागि पुतलीसडकमा एक भव्य चियापसल खुलेको छ । नेपालीहरूले यसअघि नचाखेका स्वादका अनि आयुर्वेदिक गुणसहितका चिया उक्त चियापसलमा पाइने सञ्चालकहरूले जनाएका छन् ।
पुतलीसडकबाट कुमारी हल जाने मोड धोबीधारामा रहेको हिमालयन टी क्लबमा थरीथरी स्वादका चिया उपलब्ध हुने बताइएको छ । जमराको चिया, यार्सागुम्बाको चिया लगायत १११ स्वादमा चिया उपलब्ध हुने बताइएको छ ।
टी क्लबमा चिया पिउने मात्र नभई विभिन्न विधाका चर्चित पुस्तक पनि पढ्ने अवसर पाइनेछ । चियाको चुस्कीसँगै अर्ग्यानिक कूकिज खाने अनि पुस्तक पढ्ने अवसर टी क्लबले जुटाएको छ ।
पाँच हजार रुपैयाँ एकमुष्ठ तिरेमा वर्षदिनका लागि कुनै पनि बेलामा हिमालयन टी क्लबमा निःशुल्क चिया पिउने अफर पनि दिइएको छ । 
बालुवाटारमा चियाघर चलाएको समूहले नै पुतलीसडकमा पनि चिया क्लब खोलेको हो ।