
काठमाडौं, १ फागुन- चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) चढेको कार झापामा दुर्घटनामा परेको छ । सोमबार मोरङको मधुमल्लामा आयोजित महोत्सवमा भाग लिएर झापाको विर्तामोड फर्कने क्रममा तक्मे बुढासहित ६ जना कलाकार चढेको कार मध्यराति १२ बजे दुर्घटनामा परेको हो । कारमा कलकारहरु तक्मे बुढा, विशाल लिम्बू, युकेश लिम्बू, समिल राई र बाल कलाकार जेसिका राई सवार थिए ।
कार सडक भन्दा बाहिर चौरमा गएर बजारिए पनि सबैजना सुरक्षित रहेका छन् । दुर्घटनामा उत्तानो परेको कार क्षतिग्रस्त भएको छ । तीब्र गतिमा रहेको कार अगाडि आएको कुकुरलाई बचाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।