
काठमाडौं, १ फागुन — भारतको दक्षिण भागमा रहेको केरलामा एउटा जहाजपोतमा बम विस्फोट हुँदा पाँचजनाको मृत्यु भएको छ ।
मंगलवार बिहान भएको विस्फोट कोचिन बन्दरगाहमा अड्याएको जहाजमा भएको थियो ।
बीबीसीका अशरफ पडन्नालाई प्रहरीले बताएअनुसार, जहाजमा रहेका पाँचजनको मृत्यु भएको छ भने बाँकी सबैलाई उद्धार गरिएको छ । परिस्थिति नियन्त्रणमा रहेको र थप मृत्युको अपेक्षा नगरिएको प्रहरीले बतायो ।
सरकारी स्वामित्वको जहाजपोत देशका विशाल जहाजहरू मर्मत गर्ने थलो हो ।
प्रहरीका अनुसार, केहीलाई आगोले डढेकोमा उपचार गरिँदैछ भने केही मृत्युहरू धूवाँ निलेका कारण भएको हो ।
तेल तथा प्राकृतिक ग्यास कर्पोरेसनको ड्रिलिङ जहाजमा विस्फोट भएको थियो ।
बीबीसीबाट