
दाङ, १ फागुन- जिपको ठक्करबाट आज दाङमा एकजनाको मृत्यु भएको छ ।
लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिए ।