११ असार २०८३, बिहीबार

इजिप्टको चर्चमा बम विस्फोट, २२ जनाको मृत्यु

कात्तिक २०, २०७४
इजिप्टको चर्चमा बम विस्फोट, २२ जनाको मृत्यु
काठमाडौं, २६ मंसिर — इजिप्टको राजधानी कायरोस्थित एक कप्टिक क्रिस्चियन चर्चमा आइतवार भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।


इजिप्टको आधिकारिक मेना न्युज एजेन्सीका अनुसार एकजना आक्रमणकारीले चर्चमा बम प्रहार गरेको थियो ।

गत शुक्रवार मात्र कायरोमा भएको बम आक्रमणमा परी ६ जना प्रहरीको मृत्यु भएको थियो । प्रतिबन्धित मुस्लिम ब्रदरहूडका मान्छेले यी आक्रमण गराएको आशंका गरिएको छ ।

तर आइतवार भएको आक्रमणको कसैले जिम्मेवारी लिइसकेको छैन ।

मुस्लिम ब्रदरहूडमाथि सरकारले दमन थालेपछि सुरक्षाकर्मी र क्रिस्चियनहरूमाथि आक्रमण शुरू भएको छ ।

द गार्डियन

salt training

कमेन्ट गर्नुहोस्