
काठमाडौं, २ फागुन– वाम गठावन्धनको एकता संयोजन समितिको बैठक आज बस्दैछ ।
पार्टी एकतालाई टुंगोमा पु-याउन नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच निरन्तार छलफल चलिरहेको छ । ओली र प्रचण्डबीच मंगलबार पार्टी एकतालाई निष्कर्षमा पु-याउनेबारे छलफल भएको थियो।
आज बस्ने एकता संयोजन समितिको बैठकले सांगठनिक तथा सैद्धान्तिक विषय मिलाउन दुई वटा कार्यदल गठन गर्ने तयारी गरेको छ ।
समितिको बैठक बस्ने समय भने खुलाइएको छैन।
दुई पार्टीबीच एकतापछि दुई अध्यक्ष मात्र पदाधिकारी रहने र सानो कमिटि बनाएर पार्टी महाधिवेशनमा जाने सहमति भएको छ ।
दुई पार्टीका अध्यक्षकाबीचमा एकिकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउने सहमति जुटेको जनाइएको छ । पार्टीको वैचारिक र सैद्धान्तिक पक्षमा बहस चलाएर पदाधिकारी टुंगो लगाउने सहमति दुई पार्टीबीच भएको छ ।