
काठमाडौं, २ फागुन– प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । मुख्यमन्त्रीको शपथग्रहण भोलि हुने छ ।
प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राई एमालेका चार नम्बर प्रदेशका संसदीय दलका नेता हुन् ।
प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
एमालेले मुख्यमन्त्रीका लागि प्रदेशप्रमुख समक्ष दाबी पेश गरेको थियो । ९३ सदस्य रहेको प्रदेशसभामा एमालेका ५१ सांसद छन् ।