
काठमाडौं २ फागुन– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।
ललितपुरस्थित माओवादी निकट व्यापारीको निवासमा बुधवार बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
ओलीलाई प्रधामनन्त्री नियुक्त गर्नको लागि राष्ट्रपतिलाई आग्रह गर्ने एमालेले निर्णय गरेको छ । राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । बैठकमा पार्टी एकताको बिषयमा छलफल भएको थियो ।
नेता पाण्डेले सरकारको आलोपालो नेतृत्व गर्ने बिषयमा समेत छलफल भएको बताए ।
पार्टी एकता संयोजन समितिको बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने पाण्डेले बताए । संयोजन समिति बैठकको लागि माओवादी नेताहरु मानभवन पुगेका छन् ।