
काठमाडौं, २ फागुन– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत जारी खेलमा नेपालले थप एक विकेट लिएको छ ।
नामिवियामा जारी खेलमा शरद भेषवाकरले छैंठौं विकेट लिएका हुन् ।
क्यानडाका विन जफरको विकेट भेषवाकरले ४१ .१ ओभरमा लिएका हुन् ।
४१ ओभरको समाप्तिमा क्यानडाले ६ विकेटको क्षतिमा १५६ रन जोडेको छ ।