१० असार २०८३, बुधबार

एमाले एक्लै सरकारमा जादाँ आशंका पैदा, गृहकार्य अधुरो रहेको टिप्पणी

फागुन ४, २०७४
एमाले एक्लै सरकारमा जादाँ आशंका पैदा, गृहकार्य अधुरो रहेको टिप्पणी

काठमाडौं, ४ फागुन– वाम गठबन्धनका तर्फबाट बिहीबार प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका सांसदहरुलाई मात्रै समेटेर मन्त्रिमण्डल गठन गरेपछि अनेक आशंका उब्जिएको छ ।

एमाले–माओवादी एकता र सरकारमा माओवादीको सहभागिताका विषयलाई लिएर विभिन्न टिकाटिप्पणी शुरु भएको छ । 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पाँचमहिने पार्टी एकता र तीनमहिने सरकार निर्माण सम्बन्धी प्रक्रियाको गृहकार्य अधुरो र अपुरो हुँदा आशंका उत्पन्न भएको बताए । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्खौं, बुझौं र भनौं भन्ने नीतिमा आफू रहेको बताए । ‘कम्युनिष्टहरुको कुरा बुझ्न सकिँदैन । परिस्थिति कता जान्छ भन्न सकिँदैन’, उनले भने ।

नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले पाँचमहिने गृहकार्यको परिणाम प्रधानमन्त्रीको शपथ पश्चातसम्म आइपुग्दा निराशाजनक हुनु राम्रो नभएको बताए, अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्