
काठमाडौं, ४ फागुन — भारतको उत्तराखण्डमा एक युवतीले पुरुष बनेर दुई महिलाहरूसँग विवाह गरेकी छन् । उनी दुई महिलाका साथ तीन वर्षसम्म लोग्ने बनेर बसिन् ।
दुई महिलाले आफू महिलासँगै बिहे गरेर बसेको छु भन्ने छनकै पाएनन् । पछि उनको भण्डाफोड भयो ।
उत्तर प्रदेशको बिजनौरको धामपुर बस्ने स्वीटी अर्थात् कृष्णा सेनले सन् २०१३ मा फेसबूकमार्फत एक युवतीसँग मित्रता गाँसिन् । काठगोदाममा बस्ने ती युवतीलाई मीठा मीठा कुरामा भुलाएर स्वीटीले बिहे गरिन् । दुवैजना हल्द्वानीमा
भाडाको घरमा बस्न थाले । तर बिहेलगत्तै उनीहरूको झगडा हुन थाल्यो ।
पहिलो बिहेको तीन वर्षपछि स्वीटीले अर्की महिलासँग बिहे गरिन् । अनि दुवैलाई एउटै घरमा राख्न थालिन् । त्यसको केही दिनमा पहिली पत्नीले पतिविरुद्ध दाइजोका लागि यातना दिएको आरोप लगाउँदै मुद्दा दायर गरिन् ।
प्रहरीले जाँचबुझ गरेपछि कथित पतिलाई हिरासतमा राख्यो । हिरासतमा सोधपुछ हुँदा पो पतिको रहस्य खुल्यो ।
आफू महिला भएको स्वीटीले बताएपछि प्रहरीले उसको मेडिकल जाँच गरायो अनि महिला भएको पुष्टि भयो । प्रहरीले ती महिलाले महिलासँग कसरी शारीरिक सम्बन्ध बनाएको भनी सोध्यो ।
त्यसको जवाफमा स्वीटीले अन्लाइन साइटबाट सेक्स टोय मगाएको बताइन् । राति कोठामा अँध्यारो भएपछि सेक्स टोयमार्फत उनी महिलासँग शारीरिक सम्बन्ध बनाउँथिन् । उनी महिलाहरूका अगाडि कहिल्यै कपडा बदल्दिनथिन्
अनि नुहाएपछि पनि नांगै बाहिर कहिल्यै आउँदिनथिइन् ।
उनका स्तनहरू पनि सामान्य महिलाको जस्तो पुष्ट थिएनन् । अनि उनी पुरुषले गर्ने सबै व्यवहार गर्थिन् ।
प्रहरीले स्वीटीका विरुद्ध मुद्दा दर्ता गरेर कारागार पठाएको छ । युवतीले दुवै महिलालाई ठगी गरेको, उनीहरूको यौन उत्पीडन गरेको, उनीहरूसँग दाइजो लिएर सताएको अनि पुरुषका रूपमा कीर्ते कागजात बनाएको आरोप छ ।
एजेन्सी