०३ साउन २०८३, आइतबार

ओली प्रधानमन्त्री बनेपछि सार्कका महासचिवको यस्तो विज्ञप्ती

ओली प्रधानमन्त्री बनेपछि सार्कका महासचिवको यस्तो विज्ञप्ती

काठमाडौँ, ४ फागुन– दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा गरेका छन् । 

नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सार्क सचिवालयका पदाधिकारीका तर्फबाट बधाई तथा शुभकामना सन्देश जारी गर्दै महासचिव सियालले सार्कको अध्यक्ष नेपालले यसका प्रक्रियालाई अझ सुदृढ तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् । 

सार्कको संस्थापक सदस्य मुलुकका नाताले सार्क प्रक्रियामा नेपालले निरन्तर सहकार्य गर्दै आएको स्मरण गर्दै उनले क्षेत्रीय सहयोगका आदर्श र लक्ष्यप्राप्तिमा नेपालले अतुलनीय योगदान गरेको बताए । महासचिवले भनेका छन्, ‘सार्क सचिवालय नेपालमा रहनु नै सार्कप्रतिको नेपालको प्रतिबद्धता झल्किन्छ ।’ 

नेपाल राष्ट्र र जनताले नेता ओलीप्रति गरेको विश्वास तथा राष्ट्र र जनताप्रति उनले गरेको सेवाको प्रतिफलस्वरुप प्रधानमन्त्रीमा उनको नियुक्ति प्रतिविम्बित हुन्छ भन्दै सन्देशमा महासचिव सियालले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्