०४ असार २०८३, बिहीबार

दुवै छिमेकीओलीसँग  निकटता बढाउन आतुर

फागुन ५, २०७४
दुवै छिमेकीओलीसँग  निकटता बढाउन आतुर

काठमाडौँ, ५ फागुन — छिमेकी मुलुक भारत र चीन प्रधानमन्त्री केपी ओलीलाई छिटोभन्दा छिटो आफ्नो मुलुकमा स्वागत गर्न ‘आतुर’ देखिएका छन् । नयाँ सरकारसँग निकटता बढाउन दुवै देशका समकक्षीले ओलीलाई बधाई र शुभकामनासँगै भ्रमणको निम्तोसमेत पठाइसकेका छन् ।    

चिनियाँ राजदूत यू होङले बिहीबार ओलीले शपथ लिनुअघि नै प्रधानमन्त्री ली खछ्याङको बधाई तथा शुभकामना वक्तव्य सुनाएकी थिइन् । वक्तव्यमा चीनले नयाँ सरकारसँग निकै निकट रहेर आर्थिक समृद्धिका लागि सहकार्य गर्न चाहेको उल्लेख छ ।

संक्षिप्त भेटमा राजदूत होङले प्रधानमन्त्री ओलीलाई बेइजिङमा स्वागत गर्न आफ्नो सरकार आतुर रहेको जनाउँदै राजनीतिक स्थायित्व र विकासका लागि चीन सधैं साथ रहने बताइन् । उनले निर्वाचनमा वाम गठबन्धनको बहुमत र सरकारमा सहकार्यका लागि शुभकामनासमेत दिइन् । ओली र होङबीच दुई देशबीचका सम्झौता अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।

भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत बिहीबार राति नै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजको बधाई सन्देश बोकेर ओली निवास बालकोट पुगेका थिए । पुरी त्यहीँ रहँदा मोदी र स्वराजले पालैपालो ओलीसँग टेलिफोन संवादसमेत गरेका थिए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्