१० असार २०८३, बुधबार

सिरहा अस्पतालमा चरम लाहपरही, क्षयरोगको औषधि पनि नभएको गुनासो

फागुन ५, २०७४
सिरहा अस्पतालमा चरम लाहपरही, क्षयरोगको औषधि पनि नभएको गुनासो

सिरहा, ५ फागुन– जिल्ला अस्पताल प्रवेश गर्ने बित्तिकै छेउमा पश्चिमतर्फ दुईवटा सूचनापाटी झुन्ड्याइएको छ । एउटामा निःशुलक औषधि र अर्कोमा नागरिक बडापत्रको विवरण ।

तर, यी दुई सूचनापाटीमा लेखिएको सेवा र सुविधा नै सर्वसाधारणको पहुँचमा छैन । सिरहा नगरपालिका ७ का सात वर्षीय बालक राहुल पासवानको टाउकोमा चोट लाग्यो । अभिभावकले सदरमुकामस्थित जिल्ला अस्पताल पुर्याए । 

अस्पतालले निःशुल्क टाँका लगाइदियो । एक्सरेलगायतका चेकजाँचका लागि भन्दै अस्पतालले पाँचसय रुपैयाँ लियो । तर, अस्पतालले औषधि नभएको भन्दै बाहिर पसलमा किन्न पुर्जा थमाइदियो । 

क्षयरोगको बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था छ । चिकित्सको प्रत्यक्ष निगरानीमा सेवन गर्नुपर्ने औषधि पनि जिल्ला अस्पतालमा पाउन छाडिएको सिरहा नगरपालिका २० सागरपुरकी कुल्थुम खातुनले बताइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्