११ असार २०८३, बिहीबार

होसियार ! छोराछोरी साइबर कुलतमा फस्लान्

फागुन ५, २०७४
होसियार ! छोराछोरी साइबर कुलतमा फस्लान्

काठमाडौंँ, ५ फागुन  - तपाईंको छोराछोरी पढ्न छाडेर कतै एकान्तमा बसेर मोबाइल, आइप्याड तथा ट्याब एकोहोरो चलाइरहेका त छैनन्, त्यसो गरिरहेका छन् भने होसियार, साइबरको कुलतमा फस्लान् । 
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका तथा महिला साइबरको कुलतबाट नराम्रोसँंग प्रभावित भएको पाइएको छ । 
‘जस्ट से नो’ नामक संस्थाले आयोजना गरेको ‘इन्टरनेट तथा अनलाइनबाट नेपाली बालबालिकामाथि हुने यौन दुव्र्यवहार र देह व्यापार’ विषयक गोष्ठीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले छोराछोरीको क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने धारणा राख्नुभयो । 
सूचना प्रविधिको विकासले धेरै कुरालाई सहज तुल्याए पनि यसको दुरूपयोग हुँदा सामाजिक विकृति तथा अपराध बढेको चर्चा गर्दै उहाँले ‘इन्टरनेट र सामाजिक सञ्जाल’ दुरूपयोग गर्ने कार्यबाट बालबालिकाहरूलाई टाढै राख्नुपर्ने सुझाव दिनुभयो । 
साइबर विज्ञ हिमाल ओझाले मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने नानीबाबुको आनीबानीमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । इन्टरनेट सुविधा प्रयोग गर्न जाने राम्रै हुन्छ नजाने कुलतमा फसिन्छ भन्दै उहाँले थप्नुभयो, ‘साइबर क्राइम बढ्न नै मुख्य कारण यही हो । ’ नेपाली अभिभावकहरूले स्कुल बढ्दै गरेका छोराछोरीहरूको खुसीका लागि यस्ता आधुनिक उपकरण खरिद गर्नका साथै फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा ‘आइडी’ खोल्न लगाई मनोरञ्जन गराउने गरेको चर्चा गर्दै उहाँले त्यही आईडी जीवनका लागि नै ‘घातक’ हुने गरेको बताउनुभयो, गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्