१२ साउन २०८३, मंगलबार

अदालतबारे बोले ओली, न्यायपालिका मर्यादित हुनुपर्ने भनाइ

अदालतबारे बोले ओली, न्यायपालिका मर्यादित हुनुपर्ने भनाइ

काठमाडौँ, ५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । 

नेकपा (एमाले) को कानून विभागले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने पनि बताए । ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’ 

प्रधानमन्त्री ओलीले देश राजनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकाले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने पनि बताए । 

केही आग्रही वुद्धिजीवीहरुले संलग्नतालाई महत्व दिएर सत्यलाई ओझेल पारेको पनि प्रधानमन्त्री ओलीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्