२४ असार २०८३, बुधबार

मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

फागुन ६, २०७४
मेक्सिकोमा हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं, ६ फागुन– मेक्सिकोमा आएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको छ । बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् ।

हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ । दुर्घटनामा केही घाइते भएका छन् । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टरमा भने उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।
मेक्सिकोमा हिजो गएको भूकम्पमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रैं घर ध्वस्त भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्